शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न माग

सोमबार, १५ साउन २०८०, १५ : १४
सोमबार, १५ साउन २०८०

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको व्यक्तिलाई नियुक्त गर्न बौद्ध धर्ममार्गीहरुले माग गरेका छन् । 

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बौद्ध धर्ममार्गीहरुले फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारसँग माग गरे ।

हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ । 

तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौँलाख बुद्धका शिष्यहरु हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए । कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, राजनीतिक दलमा नमुछिएको र फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने उनको माग छ । 

नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तिकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरु आफन्त भर्ति गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए । लुम्बिनी विकास कोषमा स्वच्छ मन र छवि भएका व्यक्ति नियुक्त गरिनुपर्ने उनको माग छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप