लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएका धर्म गुरुलाई नियुक्त गर्न माग
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा स्वच्छ छवि भएको व्यक्तिलाई नियुक्त गर्न बौद्ध धर्ममार्गीहरुले माग गरेका छन् ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बौद्ध धर्ममार्गीहरुले फौजदारी मुद्दा र विवादमा नमुछिएका धर्म गुरुलाई नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले राजनीतिक पहुँचको आधारमा लुम्बिनी विकास कोषको उपाध्यक्ष र अन्य कर्मचारी नियुक्ति नगर्न सरकारसँग माग गरे ।
हाल लुम्बिनी विकास कोषको उपाध्यक्ष पद रिक्त रहेको छ । कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था रहेको छ ।
तामाङ बौद्ध महासंघ नेपालका महासचिव टेकराज मोक्तानले लाखौँलाख बुद्धका शिष्यहरु हुँदा पनि सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा खल्तीको मान्छे नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाए । कोषको उपाध्यक्ष र कर्मचारी नियुक्ति गर्दा सरकारले बुद्धको अनुयायी, राजनीतिक दलमा नमुछिएको र फौजदारी कसुर नलागेको र फौजदारी कसुरमा सजाय नपाएको व्यक्तिलाई नियुक्त गर्नुपर्ने उनको माग छ ।
नेपाल बौद्ध महासंघका पूर्व सदस्य तथा शान्ति विद्यालयका प्रमुख धर्मगुरु पासङ तोक्बा लामाले राजनीतिक दलका शीर्ष नेताहरुले लुम्बिनी विकास कोषलाई राजनीतिक भर्तिकेन्द्र बनाएको आरोप लगाए । उनले राजनीतिक दलहरु आफन्त भर्ति गर्ने, आफन्तलाई बचाउने, अर्कोलाई सिध्याउने, गरिबलाई थिच्ने लगायतका काममा नै रमाइरहेको बताए । लुम्बिनी विकास कोषमा स्वच्छ मन र छवि भएका व्यक्ति नियुक्त गरिनुपर्ने उनको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण