५ दिनको गिरावटपछि बढ्यो नेप्से, १ अर्ब ८५ करोडको कारोबार
काठमाडौँ । लगातार ५ दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वृद्धि आएको छ । गत साताको आइतबार मौद्रिक नीति सार्वजनिक हुँदा नेप्से एकै दिन ६३ अंकले बढेको थियो । त्यसपछि, पहिलोपटक आज सोमबार नेप्से परिसूचक बढेको हो ।
आज नेप्से परिसूचक ५.८४ अंकले बढेको छ । यससँगै परिसूचक २१ सय ६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज १ अर्ब ८५ करोड रुपैयाँ बराबरको ५५ लाख ३१ हजार कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार ५ अंकले बढ्दा १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ७ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम छ । आज सनराइज ब्लुचिप फण्डको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
यसबाहेक, विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । परिसूचक बढेपनि आज जलविद्युत कम्पनी समूहको सूचक ८.५७ अंकले घटेको छ । यस्तै, लघुवित्त समूहको सूचक ४.१० अंघले घटेको छ भने म्यूचुअल फण्ड समूहको सूचक समा समेत गिरावट आएको छ ।
परिसूचक बढेको दिन व्यापार समूहको सूचक ५६अंकले बढेको छ । यस्तै, उत्पादनमूलक समूहको सूचक २५ अकले बढेको छ भने वित्त समूहको सूचक २३ अंकले बढेको छ । विकास बैंक समूहको सूचक १८ अंक बढ्दा बैंकिङ समूहको सूचक ९ अंकले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण