समाज लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?
काठमाडौँ । समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा डाकेको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।
साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।
साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
यद्यपि, साउन १९ गते शुक्रबार र २० गते शनिबार हो । यी दुई दिन सेयर कारोबार हुँदैन । तसर्थ, लाभांश हात पार्न लगानीकर्ताले साउन १८ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?