जुम्लाको गुठीचौरमा मदिरा पिउन अब अनिवार्य ‘लाइसेन्स’
सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिकाले मदिरा सेवन गर्नेलाई अनिवार्य लाइसेन्स बनाउनु पर्ने नियम लागु गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधि बनाएर मदिराका लागि ‘लाइसेन्स’ लिनुपर्ने भएको हो ।
गाउँपालिकाले भदौ १ गते अगावै मदिरा सेवन गर्न चाहने सबैले मदिरा सेवन कार्ड र अन्यन्त्रबाट आएका पाहुनाले मदिरा सेवन कार्ड बनाउनुपर्ने बताएको छ । कार्यविधिअनुसार विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिक स्थल, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा ५ सय मिटर टाढाको दूरीमा मात्र मदिरा विक्री गर्न पाइने छ ।
कार्यविधिअनुसार मदिरा सेवनकर्ताले दैनिक रुपमा १८० मिलिलिटर, वियरका परिकार १ वोत्तल पिउनेले वार्षिक रुपमा ५ सय राजश्व बुझाउनु पर्नेछ । अतिथि कार्ड भएकाले मदिरा पिउन चाहेमा दैनिक एक सय रुपैयाँ राजश्व बुझाउनु पर्नेछ ।
त्यस्तै, विक्रीकर्ताले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म बिक्री वितरण तथा ओसारपोसार गर्न पाउने छन् भने सेवनकर्ताले बेलुकी ६ बजेदेखि राति ९ बजेसम्ममा मात्र सेवन गर्न पाउने छन् । गाउँपालिकाका प्रवक्ता अर्जुन महतराका अनुसार कार्यविधि लागू गर्न पालिकाले साउन महिनाभर हरेक गाउँबस्ती र टोलमा मदिराविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने काम भैरहेको छ ।
कार्यविधिमा मदिरा पसलले अन्य दैनिक उपभोग्य वस्तु राख्न नपाउने र विक्रेताले कार्यविधि उल्लंघन गरेमा हरेक पटक १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि गरिएको उनले बताए ।
‘मदिरापान गरी होहल्ला गर्नेका हकमा भने पहिलो पटक एक हजार रुपैयाँ र कसुरैपिच्छे दुई हजारका दरले जरिवाना बढ्दै जाने कार्यविधिमा उल्लेख छ ।
हेर्नुहोस् कार्यविधि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण