प्रेमी युद्धसँगको सहकार्यमा झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै पूजा
बुधबार, १७ साउन २०८०, ११ : ५४
काठमाडौँ । अभिनेत्री पूजा शर्माले रेस्टुरेन्ट सञ्चालनमा ल्याउने भएकी छन् । उनले प्रेमी युद्ध बानियासँगको सहकार्यमा ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट सञ्चालनमा ल्याउन लागेकी हुन् ।
शुक्रबारबाट सञ्चालनमा आउने रेस्टुरेन्टको नाम ‘ट्याग स्पोर्ट लन्च एण्ड बार’ राखिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद उनको रेस्टुरेन्टमा लिन सकिन्छ ।
‘रेस्टुरेन्टको ओपनिङ कार्यक्रम भदौमा गर्ने योजना छ । तर अगामी शुक्रबारबाट भने खुल्नेछ’, पूजाले भनिन् ‘रेस्टुरेन्टबाट कमाउनेछु र त्यो कमाई फिल्ममा हाल्नेछु ।’ आगामी दिनमा व्यवसाय र रेस्टुरेन्ट सँगसँगै लैजाने योजना रहेको पूजाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण