प्रतिकार गरेपछि लुटेरा समूहबाट मारिए रोहित
विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा देखाएर रोहितसँग गएकी किशोरीको तीन आनाको सुनको सिक्री, मोबाइल र लेडिज झोला लुटे । त्यसपछि रोहितले होहल्ला गर्दै प्रतिकार गर्न खोजेपछि गोली चलाएको देखिएको छ,’ घटनाको अनुसन्धान गरेको सङ्घीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले भने, ‘रोहित र किशोरी सेउति पुलको जङ्गल छिरेको १० मिनेट भित्रमा लुटपाट गरी गोली हानेर लुटेरा समूह पानमारा जाने जङ्गल भागेको देखिएको छ ।’ रोहितको हत्या गर्नुको मुख्य कारण लुटपाट रहेको अनुसन्धानबाट खुलेको उनले बताए । ‘हामीले सबै कोणबाट सुष्म तरिकाले अनुसन्धान गरेका थियौ,’ उनले भने, ‘हत्या गरिनुको कारण लुटपाट नै रहेको देखियो ।’
लुटपाट गरी हत्या गर्ने समूहमा तीन जना रहेको खुलेको छ । अहिले दुई जना पक्राउ परेका छन् । एकजना फरार रहेको डिआइजी बास्तोलाले बताए । पक्राउ परेका समूह यसअघि विभिन्न अपराधमा कैद भुक्तान गरी छुटेका अभियुक्त रहेका छन् ।
पक्राउ परेका दीपक जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद भुक्तान दुई महिना अगाडी छुटेका अभियुक्त हुने भने तामाङ लागुऔषध मुद्दामा ६ महिना कैद भुक्तान गरी २ वर्ष अगाडी छुटेका अभियुक्त हुन् । उनीहरुले यसअघि पनि विभिन्न चार वटा लुटपाटको घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको डिआइजी बास्तोलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण