नक्कली लालपुर्जा वितरण गरेको भन्दै टोल विकास संस्थाका कागजात नियन्त्रणमा
बुधबार, १७ साउन २०८०, १७ : ५९
बुटवल । बुटवल उपमहानगरपालिकाले नक्कली लालपुर्जा वितरण गरी गैरकानुनी रुपमा रकम संकलन गरेको भन्दै टोल विकास संस्थाका कागजात नियन्त्रणमा लिएको छ ।
बुटवल ११ न्यु दुर्गानगर टोल विकास संस्थाले जग्गाधनी पुर्जा वितरण गरेको र रकम संकलन गरेको भन्दै बुधबार उपमहानगरले नक्कली लालपुर्जा, रकम संकलन गरेका रसिद, जग्गा रजिष्ट्रेशन किताब र अन्य सामग्री नियन्त्रणमा लिएको हो ।
टोल विकास संस्थाले क्षेत्राधिकारभन्दा बाहिर गएर काम गरेको तथा अवैध रुपमा लालपुर्जा वितरण गरी रकम संकलन गरेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको भू-उपयोग तथा भूमि व्यवस्थापन शाखाका उपनिर्देशक विजयदेव भुर्तेलले बताए ।
टोल विकास संस्थाले लालपुर्जाका नाममा एक हजार र अन्य शुल्कहरु लिँदै आएको स्थानीयले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण