शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सुरु

बुधबार, १७ साउन २०८०, १९ : ४४
बुधबार, १७ साउन २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले ‘डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकामा मंगलबार बसेको सरोकारवाला सहितको बैठक तथा अन्तरक्रिया कार्यक्रमले बिहीबारदेखि १९ वटै वडामा एकसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरुलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराउने निर्णय भएको छ ।

छलफलका क्रममा डेंगु महामारीको समयमा डेंगु परीक्षण शुल्कमा एकरुपता कायम राख्न बुटवल भित्रका प्रयोगशाला सहमत भएका छन् ।

बुटवल उपमहानगरपालिकामा तत्काल संक्रमितको तथ्याङ्क एकीकृत रुपमा संकलन गरी राखेर एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले  जानकारी  दिए ।

रुपन्देहीमा ४६ जना जना संक्रमित फेला परेको अस्पतालहरुले बताए पनि बुटवलमा अहिलेसम्म आधिकारिक रुपमा संक्रमित फेला परेका छैनन् । 

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणमा नगरले नियमित रुपमा अभियान सन्चालन गरी संक्रमण फैलिन नदिनतर्फ ध्यान दिने  बताए ।

उनले आवश्यकताअनुसार फिभर क्लिनिक र औषधोपचारको व्यवस्था गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप