शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीको जायज माग सुनुवाइ नभए अर्थतन्त्रमा गम्भीर समस्या आउने महासंघको चेतावनी

बुधबार, १७ साउन २०८०, १९ : ५५
बुधबार, १७ साउन २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीहरुको आन्दोलनमा एकेवद्धता जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायीहरुको जायज माग सुनुवाइ नभए मुलुकको अर्थतन्त्रमा नै गम्भीर समस्या आउने चेतावनी दिएको छ । 

महासंघले विज्ञप्तिमा भनेको छ, ‘महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भइरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ । कूल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भइरहेको ढिलाइले निर्माण मात्र नभई अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ ।’  

व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुँदा वित्तीय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुँदा त्यसतर्फm सरकार संवेदनशील हुनु जरुरी रहेको महासंघले बताएको छ । 

विकास निर्माण र सर्वसाधारणको जीवन यापनसँग समेत जोडिएका परियोजना रोकिदा सरकारको पुँजीगत खर्च हुन नसक्नुका साथै जनताले समेत विकासको सुविधा पाउन नसकेको महासंघको भनाइ छ । 

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहँदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तीय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा समेत गम्भीर असर परेको महासंघले जनाएको छ । यसका बाबजुद गत आर्थिक वर्षमा राजस्व १३ प्रतिशतले घट्नुका साथै उद्योगहरू करिब ३० देखि ३५ प्रतिशतको क्षमतामा चल्न बाध्य भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप