पार्टी बनाउन प्रचण्ड पनि जनताको बस्तीमा जानुपर्छ : शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पार्टी बनाउन प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड समेत जनताको बस्तीमा पुग्नुपर्ने बताएका छन् ।
बुधबारदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले तीन महिने अभियान लिएर सबै नेताहरुका साथै प्रचण्ड पनि गाउँगाउँमा रहेका जनताको बस्तीमा पुग्नुपर्ने बताएका हुन् ।
उनले पार्टीमा विश्वासको संकट पैदा भएको उल्लेख गर्दै प्रचण्ड स्वयम्ले पनि निश्चित घेरा तोड्नु पर्नेमा जोड दिए । ‘प्रचण्डले घेरा तोड्नुपर्छ । पारिवारिक घेरा पनि तोड्नुपर्छ’, शर्माको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
उनले पार्टीमा रुपान्तरणको आवश्यकता पनि औँल्याए । यस्तै पार्टीका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने तथा कालीदास प्रवृत्तिका व्यक्तिहरुलाई प्रचण्डले पार्टीमा महत्त्व दिन नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क्रमको शानदार शतक, वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि नजिक दक्षिण अफ्रिका
-
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम
-
इजरायलमा गरिएको इरानको हमलामा कम्तीमा ४० जना घाइते, २ जनाको अवस्था गम्भीर
-
लस एन्जलस प्रदर्शनको नालीबेली
-
मनसुनसहित तीन वायु थप सक्रिय, आज यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो हुनेछ आज तपाईँको दिन, हेरौँ राशिफल