पार्टी बनाउन प्रचण्ड पनि जनताको बस्तीमा जानुपर्छ : शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम शर्माले पार्टी बनाउन प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्ड समेत जनताको बस्तीमा पुग्नुपर्ने बताएका छन् ।
बुधबारदेखि राजधानीमा सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा बोल्दै शर्माले तीन महिने अभियान लिएर सबै नेताहरुका साथै प्रचण्ड पनि गाउँगाउँमा रहेका जनताको बस्तीमा पुग्नुपर्ने बताएका हुन् ।
उनले पार्टीमा विश्वासको संकट पैदा भएको उल्लेख गर्दै प्रचण्ड स्वयम्ले पनि निश्चित घेरा तोड्नु पर्नेमा जोड दिए । ‘प्रचण्डले घेरा तोड्नुपर्छ । पारिवारिक घेरा पनि तोड्नुपर्छ’, शर्माको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए ।
उनले पार्टीमा रुपान्तरणको आवश्यकता पनि औँल्याए । यस्तै पार्टीका सबै नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने तथा कालीदास प्रवृत्तिका व्यक्तिहरुलाई प्रचण्डले पार्टीमा महत्त्व दिन नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण