आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईं कति राम्रो पार्टनर ?

बिहीबार, १८ साउन २०८०, १० : ३३
बिहीबार, १८ साउन २०८०

आफ्नो जीवन साथी उत्कृष्ट होस् भन्ने सबैको चाहना हुन्छ । यति मात्र होइन, हरेक मानिस आफू पनि एक राम्रो पार्टनर बनूँ भन्ने चाहन्छन् र जीवनसाथीलाई जीवन भरी खुसी दिने  चाहमा हुन्छन् । तर यस्तो गर्नका लागि कस्ता बानी र गुण हुनुपर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । हुन त मानिसहरूको आ–आफ्नै बानी र स्वभाव हुन्छ जसले उनीहरूलाई राम्रो, दयालु, इमानदार जीवन साथी बनाउन मद्दत गर्छ । तर विशेषज्ञको धारणा अनुसार केही यस्ता विशेषता पनि हुन्छन् जुन सँगै बस्दा पार्टनरमा सर्ने गर्छ । उदाहरणका लागि सँगै सपना देख्नु, पार्टनरको सपनालाई पूरा गर्न सपना देख्नु, विश्वास गर्नु, इज्जत गर्नु, एक अर्कामाथि निर्भर हुनु आदि । यो उमेर बढेसँगै बढ्दै जान्छ । 

साइकोलोजी टुडेका अनुसार कहिलेकाहीँ उमेर बढ्दै जाँदा सम्बन्धप्रति उनीहरूको व्यक्तिगत सोच परिवर्तन हुन सक्छ । उनीहरूको परिवर्तनशील विचार र विश्वलाई हेर्ने  दृष्टिकोणले, सम्बन्धप्रतिको जिम्मेवारी पनि परिवर्तन हुने गर्छ । यी गुणहरू आफैँ विकसित हुन्छ । आउनुहोस् आज ती गुण बारे जानकारी लिऔँ जसले व्यक्तिलाई समयसँगै राम्रो जीवन साथी बनाउँछ ।

असल जीवन साथीका पाँच गुण

कुराकानीमा हिचकिचाहटमा नहुनु

यस्ता व्यक्तिको कुराकानी गर्ने क्षमता आफ्नो पार्टनरसँग निकै खुला हुन्छ र  उनीहरू आफ्ना विचार र सोच साझा गर्न स्वतन्त्र महसुस गर्छन् । उनीहरू सधैँ आफ्नो पार्टनरलाई निर्णय लिन प्रोत्साहित गर्छन् र जति बेला पनि भावनात्मक रूपमा आफ्ना पार्टनरको नजिक रहन्छन् । यति मात्रै होइन क्रमबद्ध प्रतिक्रिया पनि दिन्छन् । 

भरपुर विश्वास र इमानदारी

एक उत्कृष्ट पार्टनरको जीवन विश्वास र इमानदारीमा टिकेको हुन्छ । उनीहरू खुलेर आफ्नो कुरा राख्छन् र पार्टनरका कुराले उनीहरूलाई जज गर्दैनन् । उनीहरू भावनात्मक रूपमा एक अर्कामा निर्भर हुन्छन् र उनीहरूलाई हरेक कुरामा पार्टनर चाहिन्छ । उनीहरू आफ्नो आर्थिक कुरामा धेरै पारदर्शी हुन्छन् ।

सम्मान 

एक असल जीवन साथीले आफ्नो पार्टनरको सोच, विचार, पर्सनल स्पेस, करियर, सपना आदिको सम्मान गर्दछ । उनीहरू खुला दिमागका हुन्छन् र उनीहरू बाहिरी दुनियाँको भन्दा आफ्नो पार्टनरको बढी ख्याल राख्छन् । उनीहरू आफ्नो पार्टनरको विषयमा जजमेन्टल हुँदैनन् ।

सपना पूरा गर्न पाउँदा खुसी

एक राम्रो जीवनसाथी सधैँ आफ्नो पार्टनरलाई सपना देख्नका लागि प्रोत्साहित गर्छन् र त्यसलाई पूरा गर्नका लागि उडान भर्न दिन्छन् । उनीहरू आफ्नो पार्टनरमाथि विश्वास गर्छन् । यति मात्रै होइन, यस्ता पार्टनर परिवर्तनलाई स्विकार्न पनि पछि पर्दैनन् ।

प्रेम र स्नेह आवश्यक 

उनीहरू आफ्नो प्रेम र स्नेह महसुस गराउन पनि पछि हट्दैनन् । सम्बन्धमा भावनात्मक सामीप्यताका लागि उनीहरूलाई सार्वजनिक स्थलमा हात समात्न वा 'आइ लभ यु' भन्न आपत्ति हुँदैन । उनीहरूलाई आफ्नो पार्टनरको आवश्यकता थाहा हुन्छ र उनीहरुको सुख, दुःखको ख्याल गर्छन् । उनीहरूलाई पार्टनरका लागि क्वालिटी समय निकाल्न समस्या हुँदैन र आफ्नो पार्टनरलाई प्याम्पर गर्न पछि हट्दैनन्  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप