फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप
काठमाडौँ । सरकारले फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गरेको छ। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको हो ।
साउन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि गठित समितिको म्याद सकिएसँगै पुन तीन महिना थप गर्ने निर्णय भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
गत वैशाख ५ मा बसेको बैठकले खोकना इलाको जग्गासम्बन्धी विवादको समाधान खोज्न समिति गठन गरेको थियो ।
मन्त्रिपरिषद्कै बैठकले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।
यस्तै खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ ।
यसैगरी नागढुंगा सुरुङमार्गको पश्चिमतर्फको पहिरो रोकथाम गर्न बनाइने पक्की संरचनाका लागि धादिङको साविक नौबिसे गाविस वडा ४ मा आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण