सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसमा दुई लाख तीस हजारभन्दा बढी सैनिक भर्ना

बिहीबार, १८ साउन २०८०, २१ : २८
बिहीबार, १८ साउन २०८०

मस्को । मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रुसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताएका छन् ।

“रुसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा गरेको क्षेत्रहरू कब्जा गरिरहन चाहन्छ त्यसैले मस्कोले यस वर्ष जनवरी १ देखि अगस्ट ३ सम्म आक्रामक शैलीमा सैन्य भर्ती अभियान सञ्चालन गरेको छ,” उनले भने । 

सन् २००८ देखि २०१२ सम्म रुसी राष्ट्रपति रहेका मेदभेदेवले भने, “कूल दुई लाख ३१ हजारभन्दा बढी लाई सैनिक करार सेवाका लागि स्वीकार गरिएको छ ।”

गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘आंशिक’ सैन्य परिचालनको घोषणा गर्नुभएको थियो, जुन दोस्रो विश्वयुद्धपछि पहिलो घटना हो ।

दोस्रो परिचालन अभियानको घोषणा गर्न अनिच्छुक मस्कोले रुसीहरूलाई वित्तीय प्रोत्साहनको साथ आकर्षित गर्ने आशामा यसको सट्टा एक विशाल सार्वजनिक सम्बन्ध निर्माण अभियानको विकल्प रोजेको छ ।

अधिकारीहरूले उनीहरूको लक्ष्य सार्वजनिक गरेका छैनन् तर विभिन्न अनुमानहरूले मस्कोले चार लाख स्वयंसेवकहरू भर्ती गर्ने प्रयास गरिरहेको हुन सक्ने बताएका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले गत वर्ष रुसको सेनाको सङ्ख्या बढाएर १५ लाख पुर्‍याइने बताएका थिए ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप