पहिराेले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध
बागलुङ । अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ । आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो ।
माथिदेखि खसेको ठूलो पहिराेले सडक अवरुद्ध बनेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । बिहीबार दिउँसो खसेको पहिरो आज बिहानसम्म पन्छाउन सकिएको छैन । बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको छ ।
उपप्रमुख कायतले भने, “दोगाडी पक्की पुल नजिकै ठूलो पहिरो खसेर सडक पूर्णरूपले अवरुद्ध भएको छ, ठूलो वर्षा भएको हुँदा बिहबिार खुलाउन सकिएन, आज खुलाउने प्रयासमा छौँ, पहिराले सडकमा अत्यधिक क्षति पुर्याएको छ ।”
सडक अवरुद्ध हुँदा ढोरपाटन जाने र फर्किने पर्यटक बीच बाटोमै अलपत्र छन् । ढोरपाटन, बोबाङ, फल्लेघरलगायत ठाउँबाट बुर्तिबाङ, पोखरा, काठमाडौँ, बुटवलतर्फ जाने सवारीसाधन ठप्प छन् । यो समय ढोरपाटन घुम्ने याम भएको हुँदा धेरै पर्यटकले बीच बाटोबाटै फर्किनुपरेको स्थानीयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला क्रिकेट : सम्झनाको अर्धशतकसँगै सुदूरपश्चिमले कोशीलाई हरायो
-
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौँ : मन्त्री शर्मा
-
प्रतिनिधि सभा बन्धक बन्दा संसदीय समितिका विधेयकहरू अलपत्र
-
राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निष्कर्ष
-
नीति तथा कार्यक्रमबारे देउवा र लामिछानेलाई सभामुखको टेलिफोन
-
विभाजनपछि जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक, सदस्यहरूको नाम दर्ता गरिँदै