शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै द्वन्द्व पीडितहरूकाे प्रदर्शन (तस्बिरहरु)
फोटोफिचर

सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै द्वन्द्व पीडितहरूकाे प्रदर्शन (तस्बिरहरु)

शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । द्वन्द्व पीडितहरूले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रवार उनीहरुले काठमाडौँ जिल्ला प्रशासन कार्यालय छेउमा सो ऐन तत्काल संशोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा पीडकलाई उन्मुक्ति दिनका लागि त्रुटिपूर्ण प्रावधानहरू समावेश गरिएको भन्दै त्यसविरुद्ध  २०७१ जेठ २० गते ४४ जिल्लाका २३४ जना द्वन्द्व पीडितहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट उपर सर्वोच्च अदालतले १४ फागुन २०७१ मा परमादेश दिएको थियो । त्यसको पुनरावलोकन गर्न २०७२ वैशाखमा नेपाल सरकारले निवेदन दर्ता गरेको  थियो ।

सर्वोच्च अदालतले उक्त निवेदनलाई १४ वैशाख २०७७ मा खारेज गरेको थियो ।  सर्वोच्चको सो कदमलाई स्वागत गर्दै द्वन्द्व पीडितहरूले  तत्काल ऐन संशोधन गर्न माग गर्दै आएका छन् ।

उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक अहिले संसदको कानुन, न्याय तथा मानवअधिकार समितिको उपसमितिमा विचाराधिन छ । साे ऐनले द्वन्दकालिन मुद्दामा दोषी देखिएकालाई पनि उन्मुक्ति दिने भन्दै सो प्रावधानको उनीहरुले विरोध गर्दै आएका छन् । 

 

तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया