आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितको माग गर्दै सूचना विभागमा धर्ना

शुक्रबार, १९ साउन २०८०, १४ : ५५
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । 

शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् । 

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरुलाई कार्यविधिले तोकेअनुसार फर्छ्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवी पत्रकारको हकहितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताए । उनले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए ।

प्रदर्शनकारीहरुले प्रेस रजिस्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए । उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिस्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाई प्रदर्शन गरेका हुन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप