कर्मचारीले सेवाग्राहीबाट घुस मागेको आरोप, जागिर धरापमा
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा कार्यरत एक कर्मचारी सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
नगरपालिकाको कृषि शाखामा कार्यरत गोकुल भट्टले कृषकहरुसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप लागेको हो । भट्टले नगरपालिकाभित्रका कृषक समूहबाट पैसा असुल्ने गरेको आरोप लागेको छ ।
नगरपालिकामा गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहलाई आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान दिइएको थियो । त्यही अनुदानबाट २० प्रतिशतका दरले भट्टले पैसा मागेको प्रमाण भेटिएको बताइएको छ ।
भट्टले समूहहरूलाई रातिको समय फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेको कृषकहरूले बताएका छन् ।
यस्तै भट्टले सेवाग्राहीबाट घुस लिएको अस्वीकार गरेका छन् । उनले पैसा मागेको अडियो पनि आफ्नै भएको स्वीकार गरेका हुन् । तर अडियो आफ्नो भएपनि पैसा भने नमागेको उनले दाबी गरेका छन् । भट्टले उक्त अडियोमा कमिसनको रकम माथिल्लो कर्मचारीहरूलाई समेत दिनुपर्ने सेवाग्राहीलाई बताएका थिए ।
यस विषयमा सञ्चारकर्मीहरुले नगर प्रमुख वीरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्री, कृषि शाखा प्रमुख नन्दी मल्ल र भट्टलाई सँगै राखेर समेत कुरा गरिएको थियो । सो क्रममा नगर प्रमुख वीरेन्द्र भट्टकै अगाडि गोकुल भट्टले आफूलाई केही समूहले पैसा दिन्छु भनेको स्वीकार गरे ।
यता शाखा प्रमुख नन्दी मल्लले आफूलाई यस विषयमा जानकारी नभएको बताउँदै शाखाको कुनै संलग्नता नभएको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिने र कारबाही प्रक्रिया अघि बढाइने बताए ।
नगर प्रमुख वीरेन्द्र भट्टले आफू गलत नगर्ने र गलत कार्य पनि हुन नदिने भन्दै ती कर्मचारीलाई स्पष्टीकरण नलिई सोझै निलम्बन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण