अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रवक्ता महत
वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गरेका छन् ।
वीरगञ्जमा कांग्रेसद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।”
उनले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो भन्दै उनले खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत नबढ्ने बताए ।
प्रवक्ता डा.महतले कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कैरूपमा प्रस्तुत हुने सम्भावना टरेको बताए ।
उनले भने, “केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो । यसले भ्रम समाप्त पारेको छ । तर कांग्रेस बैठक सधैँ लाइभ हुँदैन । हामी धेरै कर्मकाण्डी भएका छौँ, सिधै विषयवस्तुमा प्रवेश गर्नुपर्छ । बुँदागतरूपमा छलफल गर्ने, निष्कर्ष निकाल्ने, त्यो निष्कर्षलाई जनताबीचमा लिएर जानुपर्छ ।”
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी कांग्रेस मात्र भएको स्पष्ट पार्दै नेता डा. महतले काम गर्ने पार्टी भनेकै कांग्रेस भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण