जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न एमसीए नेपालको आग्रह
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल)ले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सब स्टेसन देखि नयाँ दमौली सब स्टेसन खण्ड अन्तर्गत चितवन जिल्लाको इच्छाकामना गाउँपालिका र नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा पर्ने जग्गा अधिग्रहणको लागि मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै एमसीए नेपालले जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख बिरुवा समेत स्थायी रूपमा अधिग्रहण गर्ने प्रयोजन र जग्गाको स्वामित्वमा फरक पर्न गएको भएमा सो समेतको दावीका लागि आग्रह गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सरोकारवाला व्यक्तिले प्राप्त गरिने जग्गामा यदि कुनै घर, टहरा, रुखविरुवा बालीनाली लगायत अन्य संरचना भए सो समेतको मुआब्जा तथा क्षतिपूर्ति दाबी गर्न आ-आफ्नो हकदैया वा भोगचलन सम्बन्धी निस्सा प्रमाण सहित रितपूर्वकको निवेदन यस कार्यालयमा दिनुहुन जानकारी गराइन्छ, सूचनामा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण