सुन तस्करी प्रकरण : अनुसन्धान प्रगतिसहित राजस्वले प्रहरीलाई दियो जिम्मा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुनबारे अनुसन्धान जिम्मेवारी प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज ढुंगानाले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाणसहित प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको जानकारी दिएका छन् ।
महानिर्देशक ढुंगानाले भने– ‘संगठित अपराध अन्तर्गत अनुसन्धकान गर्ने र यसको सबै काम नेपाल प्रहरीबाट हुनेगरी बाँकी काम प्रहरीलाई यसका सम्पूर्ण तथ्य, हालसम्म बरामद प्रमाण समेत प्रहरीलाई पठाउने निर्णय गरेका छौं ।’ साउन ३ बाट राजस्वले यसबारे अनुसन्धान गरिरहेको छ ।

सुन प्रकरण ‘ट्रान्सनेशनल क्राइम’ को रूपमा स्थापित हुने देखिएको भन्दै यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गर्ने भएको छ । सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये एकजना हाजिर जमानीमा रिहा भएका छन् । पक्राउ परेका मध्येमा १४ नेपाली, एकजना चिनियाँ, एकजना भारतीय र एकजना तिब्बतीय मूलका बेल्जियमका नागरिक हिरासतमा छन् ।
राजस्व चुहावटसम्बन्धी अनुसन्धान विभागले गर्ने र सङ्गठित अपराधसम्बन्धी अनुसन्धान प्रहरीले गर्ने महानिर्देशक ढुङ्गानाले जानकारी दिए । विभागमा आयोजित पत्रकार सम्मेलनमा ढुङ्गानाले भने– ‘यो विषय राजस्व चुहावट मात्र नभएर सँगै अरू कानुन पनि आकर्षित हुने देखियो ।’

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे आईजीपी, महान्यायाधिवक्ता, सिआईबीकी एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशकसँग छलफल गरेका थिए । छलफलमा अनुसन्धान गर्न दक्ष जनशक्ति आवश्यक देखिएको निष्कर्ष निकालिएको महानिर्देशक ढुङ्गानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण