चलचित्रसम्बन्धी कानुन छिट्टै परिमार्जन हुन्छ : सञ्चारमन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रसम्बन्धी विद्यमान कानुन छिटोभन्दा छिटो परिमार्जन गर्ने बताएकी छन् ।
पुरानो ऐन, नियमलाई परिमार्जन गरेर चलचित्र क्षेत्रको विकास गर्नुपर्ने भएकाले सरकारले सो कामलाई छिटो सम्पन्न गर्न लागेको मन्त्री शर्माले बताइन् ।
भुवन–चैत्य–बसुन्धरा फाउण्डेशनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ब्लाकेनह्वाईट युगबाट सुरु भएको नेपालको चलचित्र क्षेत्र डिजिटल युगमा प्रवेश गरिसकेकाले विज्ञहरुको सुझावको आधारमा त्यससम्बन्धि कानुनलाई सरकारले परिमार्जन गर्दै अघि बढाउने योजना बनाएको पनि बताइन् ।
मन्त्री शर्माले नेपाली चलचित्रलाई विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी क्वालिटीमा ध्यान दिन जरुरी रहेको बताइन् ।
मन्त्री शर्माले नेपालको चलचित्र क्षेत्रलाई विदेशी चलचित्रहरुसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आवश्यक नीतिगत निर्णय लिने पनि बताइन् । त्यस अवसरमा उनले चलचित्र विकास बोर्डसँग परामर्श गरेर सरकारले चलचित्रकर्मीहरुको योगदानको उचित कदर गर्ने आश्वासन समेत दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण