दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई
काठमाडौँ । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक सहायता शीर्षकमा गत जेठ र असारमा सो रकम बाँडेको हो । जेठमा ३५ लाख र असारमा २ करोड ४० लाख ५० हजार रुपैयाँ बाँडेको छ ।
पछिल्लो दुई महिनामा सबैभन्दा धेरै आर्थिक सहायता लिनेमा राष्ट्रपति रामचन्द्र पौडेल छन् । राष्ट्रपतिलाई सरकारले ५५ लाख २ हजार २७९ दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयको आग्रहमा असारको मन्त्रिपरिषद्को निर्णयबाट सो रकम राष्ट्रपतिलाई दिएको हो ।
राष्ट्रपतिले सबैभन्दा बढी सहायता रकम प्राप्त गर्दा सबैभन्दा कम पाउनेमा भने काठमाडौँको धर्मकीर्ति विहारकी गुरुमा धम्मावती शाक्य छिन् । उनलाई ६५ हजार ६७२ रुपैयाँ दिइएको छ । कसैलाई धेरै कसैलाई थोरै गरेर गत दुई महिनाभित्र आर्थिक सहायता पाउने ७० जना छन् । सरकारले गत वर्षको साउनदेखि माघ मसान्तसम्म १३९ जनालाई आर्थिक सहायता स्वरूप ५ करोड ४६ लाख ३४ हजार रुपैयाँ वितरण गरिसकेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण