आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षा समितिको सभापति जोशी बन्ने निश्चित

सोमबार, २२ साउन २०८०, १५ : ५१
सोमबार, २२ साउन २०८०

काठमाडौँ । दलहरुबीचको भागबण्डामा १२ मध्ये एक संसदीय समितिको नेतृत्व गर्ने अवसर पाएको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीलाई पठाउने भएको छ । 

दलहरुको भागबण्डामा सत्तारुढ दल कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १,१ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएको छ । 

दलीय भागबण्डा अनुसार एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व पाउने छ । 

समितिमा भागबण्डा मिलेसँगै एकीकृत समाजवादीका जोशीलाई पठाउने निर्णय भएको सो पार्टीका सांसद समेत रहेका मेटमणी चौधरीले जानकारी दिए । 

‘हाम्रो पार्टीको भागमा परेको समितिको नेतृत्वमा बझाङबाट निर्वाचित सांसद भानुभक्त जोशीलाई पठाउने निर्णय भइसकेको छ’, चौधरीले रातोपाटीलाई भने । यसअघि एकीकृत समाजवादीले जोशीलाई मन्त्री बनाउने तयारी गरेपनि अन्तिममा उनको नाम काटिएको थियो । २०७९ को निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जोशीले निकटतम प्रतिद्वन्द्वी एमालेका युवा नेता ऐन महरलाई पराजित गरेका थिए । जोशी २८ हजार १४३ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी महरले २७ हजार १४५ मतमात्र पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप