शिक्षा समितिको सभापति जोशी बन्ने निश्चित
काठमाडौँ । दलहरुबीचको भागबण्डामा १२ मध्ये एक संसदीय समितिको नेतृत्व गर्ने अवसर पाएको नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको समितिको सभापतिमा प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीलाई पठाउने भएको छ ।
दलहरुको भागबण्डामा सत्तारुढ दल कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १,१ तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा संसदीय समितिको नेतृत्व गर्ने सहमति भएको छ ।
दलीय भागबण्डा अनुसार एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको नेतृत्व पाउने छ ।
समितिमा भागबण्डा मिलेसँगै एकीकृत समाजवादीका जोशीलाई पठाउने निर्णय भएको सो पार्टीका सांसद समेत रहेका मेटमणी चौधरीले जानकारी दिए ।
‘हाम्रो पार्टीको भागमा परेको समितिको नेतृत्वमा बझाङबाट निर्वाचित सांसद भानुभक्त जोशीलाई पठाउने निर्णय भइसकेको छ’, चौधरीले रातोपाटीलाई भने । यसअघि एकीकृत समाजवादीले जोशीलाई मन्त्री बनाउने तयारी गरेपनि अन्तिममा उनको नाम काटिएको थियो । २०७९ को निर्वाचनमा बझाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जोशीले निकटतम प्रतिद्वन्द्वी एमालेका युवा नेता ऐन महरलाई पराजित गरेका थिए । जोशी २८ हजार १४३ मतसहित निर्वाचित हुँदा निकटतम् प्रतिस्पर्धी महरले २७ हजार १४५ मतमात्र पाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण