जुटेन सहमति : प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । बैठक सञ्चालनको विषयमा कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले आज अपराह्न ४ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते भित्रिएको सय किलो हाराहारी तस्करीको सुन प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै संसदमा अवरोध कायम गरेको छ ।
यता सरकारले भने सो प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेकोले छानबिन समिति बनाउन आवश्यक नपर्ने बताएको छ । एमालेको अडानका कारण संसदमा गतिरोध कायम भएपछि संसद सुचारु गराउन भन्दै सभामुख देवराज घिमिरेले पहल थालेका थिए ।
बिहान उनले प्रधानमन्त्री, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य नेताहरुबीच सिंहदरबारमा छलफल राखेका थिए । तर दुबै पक्ष आफ्नो अडानमा कायम रहेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्न सकेन ।
सिंहदरबारमा सहमति नजुटेपछि साढे २ बजे निस्किएका प्रधानमन्त्री सहितका मुख्य नेताहरु साढे ३ बजेपछि नयाँ बानेश्वरमा छलफलमा बसेका थिए ।
सूचना टाँस गरेर संसद बैठक ४ बजेका लागि तय गरिए पनि साँझ ५ बजेसम्म पनि बैठकमा सहमति जुट्न सकेन । त्यसपछि सूचना टाँस गरेर भोलिसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण