लुम्बिनीमा कुषाणकालीन इनारको उद्धार उत्खनन् गरिने
बुटवल । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा रहेको कुषाणकालीन इनारको उद्धार उत्खनन गर्ने भएको छ ।
कोषका सदस्यसचिव सानुराजा शाक्यको नेतृत्वमा स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन् गर्ने निर्णय भएको हो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवाको अस्तित्व संकटमा परेको भन्दै स्थानीयले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेष भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्यसचिव शाक्यले बताए ।
उनले दानव नदीको कटानले इनारका रिङ बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको किनारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरी लुम्बिनी संग्रहालयमा लैजाने तयारीमा जुटेको जानकारी दिए ।
कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्त्वपूर्ण बस्तु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन् गरी संग्रहालयमा सुरक्षित गर्ने तयारी गरेको बताए ।
भारतका प्रख्यात पुरातत्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन् गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो तथा साँढे र हात्तीका आकृति लगायतका सामग्री भेट्टाएका थिए । अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण