शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड् ५ को अब  प्रि–अर्डर सुरु

सोमबार, २२ साउन २०८०, २० : ४०
सोमबार, २२ साउन २०८०

काठमाडौँ । सामसङ नेपालले सोमबारदेखि आफ्नो ५औं जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ ।

यो फोनबाट प्रयोगकर्ताहरुले स्लीक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्स्हरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पाउन सक्ने कम्पनीको भनाइ छ । 

नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि  ग्राहकहरुले प्रि(अर्डर गर्न सक्ने र प्रि–अर्डरसँगै प्रि–गिफ्टहरु पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । ग्राहकहरुले यी उपकरणहरुको प्रि–अर्डर सामसङको आधिकारिक  स्टोरहरुमा गइ गर्न सक्नेछन् । 

ग्यालेक्सी जेड फ्लिप ५ले सेल्फ एक्सप्रेसनको लागि निर्मित कुनै पकेट साइजको उपकरण मध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डबल अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी जेड फ्लिप ५ तीन मिन्ट, लाभेण्डर र कालो गरी तीन रंगमा उपलब्ध रहेको छ भने यसको बजार मूल्य ८ं२५६ जिबिको मोडलको लागि रु.१३९,९९९ तोकिएको छ । ग्राहकहरुले प्रि–अर्डरका २ वटा गिफ्टहरु २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए७ लाइट एलटिइ(३ं३२ जिबि) मध्ये कुनै एक रोज्न सक्नेछन्, जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि रु.५,००० र सामसङ ए७ लाइट एलटिइको लागि रु.२००० अतिरिक्त व्यहोर्नु पर्नेछ ।

यस्तै  ग्यालेक्सी जेड फोल्ड ५ कालो र लाईट ब्लु रङ्गमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी जेड फोल्ड ५,१२ जिबि मेमोरी सहितका २५६ जिबि र ५१२ जिबि भण्डारण क्षमता भएका छन् । ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को मूल्य रु.२२६,९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२ं५१२ जिबि) को मूल्य रु.२३९,९९९ कायम गरिएको छ । यसका साथै ग्यालेक्सी जेड फोल्ड ५ (१२ंं२५६ जिबि) को प्रि–अर्डरमा आकर्षक उपहारहरु पनि ग्राहकहरुले रोज्न सक्नेछन्, उदाहरणको लागि ग्राहकहरुले फोन कभरसंगै प्रि मेमोरी अपग्रेड गर्न वा रु.३०००/ थपेर २४ इन्चको सामसङ मोनिटर वा रु.४०,०००/ थपेर ४७ एमएमको ग्यालेकसी वाच ६ क्लासिक प्राप्त गर्न सक्नेछन् । 

समग्रमा ग्राहकहरुले प्रि–अर्डर मार्फत् बढीमा रु.२५,००० सम्मको लाभ लिन सक्नेछन् । साथसाथै नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्ति गर्न वा किन्नका लागि उनीहरुले इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्नेछन् । न्यूनतम इएमआइ प्रति महिना रु.७,००० का दरले शून्य प्रतिशत ब्याजमा सुरु हुने कम्पनीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप