बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्पले डसेर सर्लाहीमा बालकको मृत्यु

सोमबार, २२ साउन २०८०, २२ : ५२
सोमबार, २२ साउन २०८०

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु करेत सर्पको डसाईबाट मृत्यु भएको हो ।

नुरसैद्द ईश्वरपुर नगरपालिका–१३ श्रीनगरस्थित मामाघरमा बस्ने गरेका र राति अन्य बालबालिकासँगै म्याट ओछ्याएर सुतेका उनलाई सुतेकै ठाउँमा सर्पले डसेको पाइएको प्रहरीले जनाएको छ ।

बालकलाई राति कानमा सर्पले डसिरहेको देखेपछि सँगै सुतेका अन्य बालबालिकाले हल्लाखल्ला गरेपछि थाहा पाइएको स्थानीयले बताएका छन् ।

सर्पले डसेपछि बालकलाई उपचारका लागि लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि जनकपुरमा उपचारको क्रममा बालकको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप