मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

छानविन समितिबारेको विवादमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

मङ्गलबार, २३ साउन २०८०, १७ : २०
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव गरेका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताए । उनले छानविन समिति बनाउने र नबनाउने पक्षमा कुराहरु आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न प्रस्ताव गरे । 

समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने उनले बताए । भट्टराईले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानविन समिति बनाउनु आवश्यक भएको बताए । 
छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप