सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकता नपाएकाले भोग्नुपरेको दुःखलाई सम्बोधन गर्न नागरिकता ऐन आएको छ: उपप्रधानमन्त्री श्रेष्ठ

बुधबार, २४ साउन २०८०, १२ : ३६
बुधबार, २४ साउन २०८०

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी देखिएका थप समस्या समाधान गर्न नियमावलीको अन्तिम ड्राफ्ट पूरा भइसकेको बताएका छन् । सो नियमावली  आगामी मन्त्रीपरिषद् बैठकमा पेस हुने उनले बताए । 

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको राय आइसकेपछि नियमावलीको अन्तिम ड्राफ्ट मन्त्रीपरिषद्मा पेस हुने बताए । उनले नागरिकता नपाउँदा परेको दुःखलाई सम्बोधन गर्नका लागि नै नागरिकता ऐन आएको बताए । 

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली महिलाले विदेशीसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्ने कुरा संविधान र कानुनसँग मेल नखाने भन्दै नियमावलीमा त्यसलाई व्यवस्था गर्न नसकिने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अङ्गीकृतको लागि पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा भए पुग्ने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप