मिस युनिभर्स इन्डोनेसियाका आयोजकमाथि यौन दुर्व्यवहारको आरोप
जकार्ता । मिस युनिभर्स इन्डोनेसियाका कयौँ प्रतियोगीहरूले आयोजकमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गराएका छन् ।
उनीहरूका वकिलका अनुसार प्रतियोगीहरूलाई अगस्त ३ को फाइनलको दुई दिनअघि ‘शरीर जाँच’ र तस्बिरका लागि भन्दै सर्ट खोल्न लगाइएको थियो । इन्डोनेसियामा सौन्दर्य प्रतियोगिताहरू आयोजना गर्न दिइन्छ तर त्यहाँको रुढीवादी समाजलाई आपत्ति नहुने विषयमा आयोजकहरू सचेत रहन्छन् ।
सन् २०१३ मा मुस्लिम बाहुल्य रहेको इन्डोनेसियामा आयोजना गरिएको मिस वर्ल्ड प्रतियोगिताबाट ‘बिकिनी राउन्ड’ नै हटाइएको थियो । प्रहरीले यस विषयमा उजुरी परेको बताउँदै घटनाबारे थप अनुसन्धान गरिने बताएको छ ।
इन्डोनेसियाको कानुनअनुसार यौन दुर्व्यवहार गरेको पुष्टि भए १५ वर्षसम्म जेल सजाय हुनसक्छ । रोयटर्स समाचार एजेन्सीका अनुसार हालसम्म ६ जना प्रतियोगीहरूले प्रहरीमा उजुरी दिएका छन् । प्रतियोगीहरूकी वकिल मेलिसा आंग्राएनीका अनुसार आयोजकहरूले शरीरमा कुनै दाग, प्लास्टिक सर्जरी वा ट्याटू छ कि छैन भनेर जाँच्नका लागि भन्दै अर्धनग्न हुन भनेका थिए ।
यता, मिस युनिभर्स इन्डोनेसिया अर्गनाइजेसनले आरोपहरूबारे अनुसन्धान गरिने बताएको छ भने ग्लोबल मिस युनिभर्स अर्गनाइजेनले पनि यस विषयमा ध्यानाकर्षण भएको बताउँदै यौन दुर्व्यवहारको मामिलालाई गम्भीरतापूर्वक लिने जिकिर गरेको छ । –बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण