इटली नजिकै समुद्रमा डुङ्गा पल्टियाे : ४१ आप्रवासीको मृत्यु
इटलीको द्विप लेन्पेडुसा नजिकै एउटा डुङ्गा दुर्घटना हुँदा ४१ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा बाँचेका चार जनाले स्थानीय मिडियासँग घटनाबारे कुराकानी गरेका छन् । दुर्घटनामा ज्यान जोगाएका प्रवासीले उद्धारकर्मीसँगको संवादमा उनीहरू ट्युनिसियाबाट इटली जान लागेको बताए ।
यी चारै आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् र बुधवार उनीहरू लेन्पेडुसा पुगे । उनीहरूका अनुसार स्फेक्स पोर्ट सिटीबाट ४५ जना डुङ्गामा सवार भए तर केही घण्टापछि नै उनीहरू चढेको डुङ्गा डुब्यो । त्यहाँबाट यात्रा गरिरहेको एउटा कार्गो सिपले उनीहरूलाई बचाएको र इटलीको कोस्ट गार्डलाई सुम्पिएको बताए ।
कोस्ट गार्डका अनुसार आइतबार यो इलाकामा दुई वटा डुङ्गा डुबेका थिए तर यी बाँचेका मानिस कुन डुङ्गाका हुन् भन्ने स्पष्ट जानकारी छैन ।
उत्तरी अफ्रिकाबाट युरोप जानका लागि समुद्र पार गर्ने कोसिसमा यस वर्ष हालसम्म १८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
ट्युनिसिया प्रशासनका अनुसार लेन्पेडुसाबाट १३० किलोमिटर टाढा ट्युनिसियाको स्फेक्स पोर्ट सिटी प्रवासीलाई गैर कानुनी तरिकाले लैजाने एक प्रमुख स्थान हो ।
हालैका दिनमा इटालीको निगरानी डुङ्गा र समाजसेवी संस्थाले लेन्डुसा पुग्ने २०० जनाको ज्यान जोगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण