आदिवासी आन्दोलनलाई दलीयकरणबाट जोगाउन महतोको आग्रह
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आदिवासी आन्दोलनलाई दलीयकरण र एनजीओकरणबाट मुक्त गर्न आग्रह गरेका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा बुधवार शुभकामना सन्देश जारी गर्दै नेता महतोले आदिवासी आन्दोलनलाई दलीय राजनीतिबाट जोगाउँदै अधुरा रहेका क्रान्तिलाई पूरा गर्नको निम्ति नयाँ एकीकृत संघर्षको आवश्यकतामा जोड दिए ।
उनले भने, ‘स्वदेशी राष्ट्रहरुमाथि कायम रहेको औपनिवेशिकता अन्त्य गर्दै स्वाभिमान एव आत्मनिर्णयको अधिकार प्राप्तिको लडाइँमा लाग्ने प्रेरणा स्वदेशी राष्ट्रहरुको युवामा जागोस् ।’
आज अगस्ट ९ विश्वभर संयुक्त राष्ट्र संघको आह्वानमा ‘परिवर्तनको संवाहकको रुपमा आत्मनिर्णयको अधिकारको लागि आदिवासी युवाको भूमिका’ भन्ने नारासहित विश्व आदिवासी दिवस मनाइरहेको सन्दर्भमा नेता महतोले भनेका छन्, ‘आदिवासी राष्ट्रहरु आधुनिक राज्यहरुमा पनि आफ्नो भूमि, भूक्षेत्र तथा स्रोतहरूमा स्वशासन र आत्मनिर्णयको अधिकारको लागि संघर्ष गरिरहेका छन् ।’
‘नेपालका स्वदेशी (आदिवासी, मधेसी, खस) राष्ट्रहरुले पनि विगत लामो समयदेखि आन्तरिक औपनिवेशिकताबाट मुक्त हुने तथा आफ्नो भूमिमा स्वशासन र आत्मनिर्णयको अधिकार उपयोग गर्न पाउनुपर्ने दावासहित गरिरहेको संघर्षको जगमा नेपालमा लोकतन्त्र स्थापित भएको हो,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।
संविधान निर्माणकै समयमा भएको विशाल मधेस आन्दोलन तुहाइयो, थरुहट आन्दोलनलाई दबाइयो । पाँच महिनादेखि अविराम चलिरहेको कोशी नाम खारेजी आन्दोलन अझै टुंगोमा नपुगेको उनको धारणा छ ।
आदिवासी दिवस आदिवासीहरूमाथि भएका र हुने विभेद, हिंसा र शोषणहरूविरुद्ध प्रतिरोध र प्रतिकार गर्ने विशेष सन्दर्भ रहेको उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण