सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह

बुधबार, २४ साउन २०८०, १७ : २६
बुधबार, २४ साउन २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी  लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेका हुन् ।

‘लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट, कार्यक्रम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, प्रवक्ता  पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा किसानको पशुधनको क्षति भएको प्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ । नेपालमा २०७७ साल आषाढ महिनामा पशुमा पहिलो पटक देखिएको लम्पी स्किन रोग यो वर्ष अझ बढी फैलिएको छ । 

पशु सेवा विभागबाट प्राप्त तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण  साउन १४ सम्म ४८८८० पशुको मृत्यु भएको छ । यस्तै  ११००४९१ संक्रमित भएकोमा १८३८०१ अझै सङ्व्रmमित अवस्थामा रहेका र ६७१० पशु निको भएको विभागका भनाइ छ । यस्तै  हालसम्म ३५०९२६ पशुलाई खोप लगाइएको छ  । यसैगरी कुल सङ्क्रमितमध्ये ७८.८५ प्रतिशत निको भएको, १६.७० प्रतिशत संक्रमित रहिरहेको र ४.४४ प्रतिशत पशुको मृत्यु भएको देखिएको छ । 

खेती लगाउने समयमा पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यव्रmम प्रभावकारी ढंगले लागू हुन नसकेको आयोगको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप