लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार एक विज्ञप्ति जारी गरी लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर्न आग्रह गरेका हुन् ।
‘लम्पी स्किन महामारीको रोकथाम तथा नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबाट पर्याप्त बजेट, कार्यक्रम, औषधि, खोप तथा सबै पालिकाहरुमा पशु चिकित्सक लगायतको व्यवस्थापन गरी यस रोगको पूर्ण रुपमा रोकथाम तथा नियन्त्रण प्रभावकारी ढंगले गर्न र प्रभावित किसानहरुलाई यथाशीघ्र राहत तथा क्षतिपुर्ति उपलब्ध गराई किसानको अधिकारको सम्मान तथा संरक्षण गर्न आयोग राज्यका तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा किसानको पशुधनको क्षति भएको प्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ । नेपालमा २०७७ साल आषाढ महिनामा पशुमा पहिलो पटक देखिएको लम्पी स्किन रोग यो वर्ष अझ बढी फैलिएको छ ।
पशु सेवा विभागबाट प्राप्त तथ्याङ्कअनुसार देशका ७७ वटै जिल्लामा फैलिएको यस रोगका कारण साउन १४ सम्म ४८८८० पशुको मृत्यु भएको छ । यस्तै ११००४९१ संक्रमित भएकोमा १८३८०१ अझै सङ्व्रmमित अवस्थामा रहेका र ६७१० पशु निको भएको विभागका भनाइ छ । यस्तै हालसम्म ३५०९२६ पशुलाई खोप लगाइएको छ । यसैगरी कुल सङ्क्रमितमध्ये ७८.८५ प्रतिशत निको भएको, १६.७० प्रतिशत संक्रमित रहिरहेको र ४.४४ प्रतिशत पशुको मृत्यु भएको देखिएको छ ।
खेती लगाउने समयमा पशुमा फैलिएको यो रोग रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट प्रयास भए तापनि रोकथामका लागि जनचेतनामूलक कार्यव्रmम प्रभावकारी ढंगले लागू हुन नसकेको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण