शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इक्वाडोरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

बिहीबार, २५ साउन २०८०, ०९ : ३६
बिहीबार, २५ साउन २०८०

इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । 

देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी सहर क्विटोमा एक चुनावी कार्यक्रमबाट निस्किएर आफ्नो कारमा बसिरहेका थिए । 

उनी कारमा बसे लगत्तै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी समूहसँग जोडिएका एक सदस्यले स्थानीय मिडियासँगको कुराकानीमा विलाविसेन्सिया कारमा बसेका बेला एक व्यक्ति अगाडि आएर उनको टाउकोमा गोली हानेको जानकारी दिए । 

राष्ट्रपति गुलेरमो लासोले अपराधीलाई कुनै पनि हालतमा नछोडिने कसम खाए ।

प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षका विलापिसेन्शियोलाई तीन पटक गोली हानियो । इक्वाडोरको अटोर्नी जनरलले सोसल मिडियामा सुरक्षाकर्मीको तर्फबाट चलेको जवाफी हमलामा संदिग्धलाई गोली लागेको र पछि उनको मृत्यु भएको जानकारी दिए ।

देशका राष्ट्रपति चुनावको पहिलो चरण २० अगस्टबाट सुरु हुनेछ । राष्ट्रपति लासोले आफू घटनाले स्तब्ध भएको बताए । उनले देशमा सङ्गठित अपराध अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीमाथि नै पर्ने बताए ।

इक्वाडोरमा ड्रग कार्टेल बढ्दो छ त्यसैले हिंस्रक अपराधमा पनि वृद्धि भएको छ जुन यस वर्षको राष्ट्रपति चुनावमा पनि एक केन्द्रीय मुद्दा हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप