अल्पमतले संसद् बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव
शुक्रबार, २६ साउन २०८०, ११ : ५३
काठमाडौँ । कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।
‘प्रतिपक्षी दलको संसद् हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद् पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’
संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शङ्का उठेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो