८ वर्षे भाखामा सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । सरकारले ८ वर्ष लामो अवधिमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्दै सरकारले उक्त ऋण उठाउने भएको हो ।
शुक्रबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई ऋणपत्रमा लगानी गर्न आह्वान गरेको छ ।
यही साउन २९ गते बिक्री हुने विकास ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरुले साउन २८ गते आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । सोही दिन ३ बजे सार्वजनिक बोलकबोलमार्फत ऋणपत्रको बाँडफाँड हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
ऋणपत्र खरिदकर्ताले लगानीको ब्याज अर्धवार्षिक अर्थात् ६/६ महिनामा पाउनेछ भने एकमुष्ट सावाँ भुक्तानी २०८८ साउन २९ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तो ऋणपत्र आवश्यक पर्दा खरिदकर्ताले धितोको रुपमा समेत राख्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरू
-
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल
-
पोखरा विमानस्थल छानबिन प्रतिवेदन : तथ्य एकातिर, निष्कर्ष अर्कैतिर
-
मुलुकी अपराध संहिताको मस्यौदामा व्यापक छलफल आवश्यक : उपाध्यक्ष घिमिरे
-
इ–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु