८ वर्षे भाखामा सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडौँ । सरकारले ८ वर्ष लामो अवधिमा १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत विकास ऋणपत्र २०८८ ‘ख’ जारी गर्दै सरकारले उक्त ऋण उठाउने भएको हो ।
शुक्रबार सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकहरुलाई ऋणपत्रमा लगानी गर्न आह्वान गरेको छ ।
यही साउन २९ गते बिक्री हुने विकास ऋणपत्रका लागि इच्छुक लगानीकर्ताहरुले साउन २८ गते आइतबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । सोही दिन ३ बजे सार्वजनिक बोलकबोलमार्फत ऋणपत्रको बाँडफाँड हुने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
ऋणपत्र खरिदकर्ताले लगानीको ब्याज अर्धवार्षिक अर्थात् ६/६ महिनामा पाउनेछ भने एकमुष्ट सावाँ भुक्तानी २०८८ साउन २९ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तो ऋणपत्र आवश्यक पर्दा खरिदकर्ताले धितोको रुपमा समेत राख्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण