सभापति देउवालाई संसद्को गतिरोध अन्त्यका लागि अग्रसरता लिन सांसदहरूको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल लिनुपर्ने बताएका छन् । शुक्रवार बसेको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले संसदमा गतिरोध उत्पन्न हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्यका लागि सभापति देउवालाई अग्रसरता लिन सुझाव दिएको प्रतिनिधिसभा सदस्य समेत रहेका नेता प्रदीप पौडेलले जानकारी दिए ।
बैठकमा सुन तस्करी प्रकरणबारे समेत छलफल भएको छ । छलफलका क्रममा नेता अर्जुननरसिंह केसीबाहेक बोल्ने अन्य सांसदहरूले राज्यका निकायलाई नै छानबिन गर्न दिनुपर्ने धारणा राखेका छन् । त्यस्तै सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत कांग्रेस सांसदहरूले सरकारले गलत गरेको बैठकमा बताएका छन् ।
‘यो गलत भयो, सरकार प्रतिशोधपूर्ण ढङ्गले प्रस्तुत भएको देखियो । आवाज थुन्ने प्रक्रियाका विपक्षमा कांग्रेस उभिनुपर्छ’, बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूको धारणा थियो । शुक्रवारको करिब १५ जना सांसदले बोलेपछि आइतबार बस्नेगरी बैठक सकिएको छ । आइतबारको बैठकमा जनजीविका सवालमा सांसदहरूले धारणा राख्ने कांग्रेसले जनाएको छ ।
कांग्रेसले संसद्को अवरोध हटाउने तथा संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक लगायत सात एजेन्डामा छलफल गर्न दलको बैठक बोलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण