मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा गर्ने तयारी

शनिबार, २७ साउन २०८०, ०९ : ०५
शनिबार, २७ साउन २०८०

इस्लामाबाद । पाकिस्तानमा आज कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुन सक्ने बताइएको छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई दिइएको नामको सूचीमा सिनेट अध्यक्ष सादिक संजरानीको नाम पनि समावेश छ । 

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्यूजको कार्यक्रम ‘आज शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताए । 

अर्कोतर्फ, प्रधानमन्त्री शाहबाज शरीफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबारसम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन् । रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

शुक्रबार साँझ भएको उक्त बैठकमा शाहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने बताए । शुक्रबार साँझ नै प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो । अर्कोतर्फ, पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले शुक्रबार एक पत्र लेख्दै प्रधानमन्त्री शेहबाज शरीफ र विपक्षी नेता राजा रियाजलाई संविधान अनुसार कार्यवाहक प्रधानमन्त्रीको बारेमा निर्णय लिनु पर्ने स्मरण गराएका थिए । । अगस्त १२ गतेभित्र सदनमा नाम बुझाउनुपर्नेछ र यसबारे राष्ट्रपतिलाई जानकारी गराउनुपर्छ । –बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप