राजनीति
म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती
आइतबार, २८ साउन २०८०, ११ : २७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।
‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’
उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण