सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती

आइतबार, २८ साउन २०८०, ११ : २७
आइतबार, २८ साउन २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् । 

‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’

उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार  रहेको बताए ।  प्रधानमन्त्री प्रचण्डले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप