नेप्से सूचक दोहोरो अंकले बढ्यो, कारोबारको पहिलो दिन घोराही सिमेन्टलाई झट्का
आइतबार, २८ साउन २०८०, १६ : ०१
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १४.८१ अंकले बढ्दै १ हजार ८०.८६ अंकको विन्दुमा उक्लिएको हो ।
यस्तै आज कारोबारमा समेत सुधार हुँदै ३ अर्ब १ करोड ८४ लाख रुपैयाँ बराबरको ९७ करोड १८ लाख कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनानस र अन्य उपसूचक बाहेक ९ वटा उपसूचक धनात्मक भएका छन् ।
आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज मात्र दोस्रो बजारमा कारोबार शुरु भएको घोराही सिमेन्टको मूल्यमा ९.९९ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण