शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एक लाख नगद र चेकसहित शहीदनगरका इन्जिनियर पक्राउ

आइतबार, २८ साउन २०८०, १८ : १४
आइतबार, २८ साउन २०८०

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियर एक लाख नगद  र चेकसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु शहीदनगर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिवासबाट खटेको टोलीले इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेकसहित नियन्त्रणमा लिएको हो ।

वाल निर्माण कार्यसम्पन्न पश्चात् सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग को सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप