एनआरएनएलाई विकासका मुद्दामा केन्द्रित गराउन उपाध्यक्ष आरके शर्माको आह्वान
जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)को पछिल्लो समय चुनावदेखि चुनावसम्म केन्द्रित हुँदै गएको बेला उपाध्यक्ष आरके शर्माले यसलाई अब विकासमा केन्द्रित गराउनुपर्ने आह्वान गरेका छन् ।
गैरआवासीय अभियानको क्रममा जापान भ्रमणमा रहेका शर्माले गैरआवासीय अभियानले अब विकासको मुद्दा बोक्नुपर्ने बताए ।
शर्माले जापानमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा विभिन्न सामाजिक संस्थाले गरेको कार्यक्रममा सहभागिता जनाएका थिए । एनआरएनए एनसीसी जापानका नवनिर्वाचित अध्यक्ष नविन निउरेसहित कार्यसमितिले उपाध्यक्ष शर्मासहितका अभियन्ताहरूको उपस्थितिमा शपथ लिएर पदबहाली गरेका छन् ।
एनआरएनए जापानको शपथ समारोहमा शर्माले अभियानमा कसैको जितहार नहुने भन्दै विजेताले उपविजेतालाई साथ लिएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।
“आइसीसीको नेतृत्वको लागि लिएर एनसीसीमा मिलेर बसेको समाजलाई विभाजित नगर्न म अनुरोध गर्दछु,” शर्माले भने,“आइसीसीको नेतृत्वमा जो आएपनि समाजमा मिलेर एनसीसीका साथीहरू बस्नुपर्छ।”
शर्माले एनआरएनए अभियानमा महत्त्वपूर्ण योगदान एनसीसीको भए पनि निर्वाचनको कारण यसलाई विवादमा ल्याउने गरिएको बताए । चुनावदेखि चुनावसम्ममा मात्र केन्द्रित हुँदा १० औँ महाधिवेशनमा दुर्घटनामा पर्न जोगिएको अभियानलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने भनाइ शर्माको थियो ।
यस्तै चितवन समाज जापानले आयोजना गरेको स्वागत कार्यक्रममा शर्माले नेपालीहरू विदेशमा एउटा सपना लिएर आएको र देशको आर्थिक विकासको सपना सबैले देखेको हुँदा यसलाई साकार पार्न विदेशमा बस्ने नेपालीहरू लाग्नुपर्ने बताए ।
आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्माले देशको विकासको योजनाको लागि आवश्यक पर्ने लगानी लागि विदेशमा बस्ने नेपालीहरूले सामूहिक लगानीबाट सम्भव हुने र त्यसको आफूले अवधारणा ल्याएको जानकारी जापानका अभियन्ताहरूलाई गराएका थिए ।
१५ वर्षदेखि अभियानमा निरन्तर लागिरहेको जानकारी गराउँदै शर्माले भने,“अभियानलाई अगाडि बढाउनको लागि विश्वभरका अग्रज अभियन्ताहरूको सल्लाह र सुझाव लिने क्रममा जापान आएको छु,तपाईँहरूको सुझावले नै अभियानलाई अगाडि बढाउने छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण