४० दिन पछि अमेजनको जङ्गलमा जीवितै भेटिएका बालबालिकाको बाबु यौन शोषणको आरोपमा पक्राउ
बोगटा । ल्याटिन अमेरिकी देश कोलम्बियामा गत मे १ मा भएको विमान दुर्घटनाको ४० दिन पछि चार जना बालबालिका जीवितै भेटिए पछि उनीहरूको समाचार विश्वव्यापी बनेको थियो ।
तर, अहिले यी दुई बालबालिकाका बाबुमाथि भने घरेलु यौन शाेषणको आरोप लागेको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार सौतेली छोरी माथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई हाल पक्राउ गरिएको छ । उनी माथि कोलम्बिया प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अभियुक्त म्यानुएल रानोकेले आफ्नो सौतेली छोरी माथि निरन्तर रूपमा यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भए पछि विश्व स्तब्ध भएको छ।
केही महिना अघि भएको अमेजनको जङ्गलमा भएको विमान दुर्घटनामा परी रोआनोकेले आफ्नो श्रीमती गुमाएका थिए, सो विमान दुर्घटनामा परे पनि ४० दिन पछि चार जना बालबालिका जीवितै फेला परे पछि विश्वभरिको मिडियामा कयौँ दिनसम्म ‘हेडलाइन’ बनेको थियो ।
रोयटर्सका अनुसार म्यानुएल रोआनोकलाई आफ्नी १३ वर्षीया सौतेनी छोरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। उनलाई गत शुक्रबार पक्राउ गरिएको हो । उनी १० वर्षकी हुँदा देखी नै उनले आफ्नो सौतेनी छोरीलाई दुर्व्यवहार गर्दै आएको थिए । यद्यपि रोयटर्सले रोआनोके वा उनका वकिलसँग धेरै पटक कुरा गर्ने प्रयास गरे तर उनीहरूसँग कुरा हुन नसकेको जनाएको छ ।
विमान दुर्घटनामा उद्धार पछि चार बालबालिका एक महिनाभन्दा बढी समयदेखि अस्पतालमा भर्ना भएका थिए । यस समयदेखि उनी कोलम्बियाको परिवार कल्याण संस्थानको हेरचाहमा छन्। स्मरण होस, उनका छोराछोरी चढेको विमान कोलम्बियाको काक्वेटा प्रान्तको घना जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । जसमा पाइलटसहित तीन वयस्क यात्रुको मृत्यु भएको थियो । तर, चार निर्दोष बालबालिका जिउँदै फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण