अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन
सोमबार, २९ साउन २०८०, १० : २१
अर्जेन्टिना । अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ ।
देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो । आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतवार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले प्राथमिक निर्वाचनमा भाग लिएका थिए ।
करिव ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरुलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ । मतदाताहरुले २०२३–२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरु र उनीहरुको दौडमा रहेका प्रतिष्पर्धीहरुबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण