मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनामा राष्ट्रपति पदका १७ बढी आकांक्षीबीच प्राथमिक निर्वाचन

सोमबार, २९ साउन २०८०, १० : २१
सोमबार, २९ साउन २०८०

अर्जेन्टिना । अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ । 

देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो । आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आइतवार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले प्राथमिक निर्वाचनमा भाग लिएका थिए ।

करिव ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरुलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ । मतदाताहरुले २०२३–२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरु र उनीहरुको दौडमा रहेका प्रतिष्पर्धीहरुबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप