लागुऔषधसहित पाँच जना पक्राउ
काठमाडौँ । मोरङ र मकवानपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सबिन विक समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागुऔषधसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बीआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत २ जनालाई अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौँडा उपमहानगरपालिका-१८ हर्नामाणि बस्ने २९ वर्षीय भीम बहादुर घलानलाई उनकै घरबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण