बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषधसहित पाँच जना पक्राउ

सोमबार, २९ साउन २०८०, १२ : ०४
सोमबार, २९ साउन २०८०

काठमाडौँ । मोरङ र मकवानपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । 

विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सबिन विक समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागुऔषधसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बीआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत २ जनालाई अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौँडा उपमहानगरपालिका-१८ हर्नामाणि बस्ने २९ वर्षीय भीम बहादुर घलानलाई उनकै घरबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप