एमाले–कांग्रेस आन्तरिक बैठकमा, प्रतिनिधिसभा बैठक अझै सुरु भएन
काठमाडौँ । १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई बज्दा समेत सुरु हुन सकेको छैन । यता प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै बैठकमा व्यस्त भएका छन् ।
नेपाली कांग्रेस संसदीय दलको बैठकमा व्यस्त छ भने नेकपा एमाले सचिवालय बैठकमा व्यस्त छ । कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेका बेला एमाले सचिवालय बैठक भने पार्टी कार्यालय च्यासलमा बसिरहेको छ ।
संसद सचिवालयका कर्मचारीका अनुुसार बैठक १ बजे बस्ने भनिएपनि प्रमुख राजनीतिक दलहरु आआफ्नै बैठकमा व्यस्त भएकाले ढिलाई भएको बताउँछन् ।
तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १० यता सदन अवरुद्ध गर्दै आएको छ । उसले आयोग गठनलाई प्रमुख मुद्दा बनाएपछि चल्न नसकेको सदन सरकारकै कारण अवरोध भएको दाबी समेत गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण