शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संसद

एमाले–कांग्रेस आन्तरिक बैठकमा, प्रतिनिधिसभा बैठक अझै सुरु भएन

सोमबार, २९ साउन २०८०, १४ : ०९
सोमबार, २९ साउन २०८०

काठमाडौँ । १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई बज्दा समेत सुरु हुन सकेको छैन । यता प्रमुख दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले आ–आफ्नै बैठकमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा व्यस्त छ भने नेकपा एमाले सचिवालय बैठकमा व्यस्त छ ।  कांग्रेस संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेका बेला एमाले सचिवालय बैठक भने पार्टी कार्यालय च्यासलमा बसिरहेको छ । 

संसद सचिवालयका कर्मचारीका अनुुसार बैठक १ बजे बस्ने भनिएपनि प्रमुख राजनीतिक दलहरु आआफ्नै बैठकमा व्यस्त भएकाले ढिलाई भएको बताउँछन् ।

तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १० यता सदन अवरुद्ध गर्दै आएको छ । उसले आयोग गठनलाई प्रमुख मुद्दा बनाएपछि चल्न नसकेको सदन सरकारकै कारण अवरोध भएको दाबी समेत गर्ने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप