ट्रम्पमाथि चुनावी नतिजा परिवर्तन गर्न खोजेको मामिलामा आरोप तय
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउने प्रयास गरेको भन्दै जर्जियाको एक अदालतमा अभियोग तय गरिएको छ ।
फुल्टन काउन्टी ग्रान्ड जुरी द्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उनी र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ ।
यससँगै राष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग लगाइएको यो वर्ष चौथो पटक हो । ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन् ।
फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।
सोमबार अबेर राती अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ ।
जुरिले भने, ‘सह–षड्यन्त्रकारी जानीजानी चुनावको नतिजालाई ट्रम्पको पक्षमा गैर कानुनी तरिकाले फेर्ने षड्यन्त्रमा संलग्न थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण