ट्रम्पमाथि चुनावी नतिजा परिवर्तन गर्न खोजेको मामिलामा आरोप तय

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउने प्रयास गरेको भन्दै जर्जियाको एक अदालतमा अभियोग तय गरिएको छ ।
फुल्टन काउन्टी ग्रान्ड जुरी द्वारा जारी गरिएको ४१ पन्ने अभियोग पत्रमा उनी र अन्य १८ जनामाथि ठगीको मामिलामा अभियुक्त बनाइएको छ र उनीहरूमाथि अभियोग चलाइनेछ ।
यससँगै राष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग लगाइएको यो वर्ष चौथो पटक हो । ट्रम्पले सबै आरोप खारेज गर्दै आएका छन् ।
फेब्रुअरी २०२१ मा, फुल्टन काउन्टीका जिल्ला अधिवक्ता फानी विलिसले ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।
सोमबार अबेर राती अभियुक्तको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ मार्क मेडोज, ह्वाइट हाउसका पूर्व सल्लाहकार जोन ईस्टम्यान र न्याय विभागका पूर्व अधिकारी जेफ्री क्लार्कको नाम छ ।
जुरिले भने, ‘सह–षड्यन्त्रकारी जानीजानी चुनावको नतिजालाई ट्रम्पको पक्षमा गैर कानुनी तरिकाले फेर्ने षड्यन्त्रमा संलग्न थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
-
सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
-
गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
-
जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
-
अस्ट्रेलियामा आम चुनावको मतदान सुरु
-
२५ दिनमा सकियो ‘अभिमन्यु’को छायाङ्कन