हक्कीको सोलिडारिटी कार्यक्रम सुरु
मङ्गलबार, ३० साउन २०८०, १२ : ३९
काठमाडौँ । नेपाल हक्की सङ्घको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । सातदोबाटोस्थिति नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा सुरु भएको कार्यक्रममा एसिया हक्कीका डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा प्रशिक्षक, निर्णायक र सङ्घका पदाधिकारी गरी कुल ३० जनाको सहभागिता रहेको छ । कार्यक्रममा हक्की खेलको प्रशिक्षक र निर्णायकको प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ ।
प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्वअन्तर्राष्ट्रिय खेलाडी पनि हुन् । प्रशिक्षणका क्रममा हक्की खेलको सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमको उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण