काभ्रेकाे रोशीमा केन्द्रीय विद्युत् वितरण
काभ्रे । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरेका छन् । लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो । “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ”, लामाले भने ।
यसअघि सो वडाका बासिन्दाले लघुविद्युत्बाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए ।
रु पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुमा अध्यक्षदेखि महासचिवसम्ममा नाम प्रस्ताव भएपछि बन्दसत्रमा नाराबाजी
-
कसैमाथि अभियोग लाग्नासाथ राक्षसजस्तो ठान्नु हुँदैन : बास्कोटा
-
‘मिरमिरे’मा प्रकाश सपुतको इन्ट्री
-
कृषाको निर्देशनमा 'जहाजैमा' निर्माण हुने
-
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
-
बैंकिङ कसुरमा २० लाख जरिवाना ठहर भएका प्रतिवादी पक्राउ