काभ्रेकाे रोशीमा केन्द्रीय विद्युत् वितरण
काभ्रे । रोशी गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ११ स्थित कालढुङ्गामा केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय एक सय ३५ परिवारले २४सै घण्टा बिजुली बाल्न पाएका छन् ।
उक्त विद्युतीकरणको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले एमसिबी बक्समा ‘स्वीच अन’ गरेर उद्घाटन गरेका छन् । लामाका अनुसार उक्त वडामा केही समयअघि ३८ परिवारकामा केन्द्रीय विद्युत् लाइन जोडिसकिएको थियो । “एक सय ७३ घरमा केन्द्रीय प्रसारण लाइन जडान भइसक्यो, अब वडामा बाँकी आठ घरमा छिट्टै पुर्याउनेछौँ”, लामाले भने ।
यसअघि सो वडाका बासिन्दाले लघुविद्युत्बाट बिजुली बाल्दै आएका थिए । केन्द्रीय प्रसारण लाइन जडान भएपछि स्थानीय निकै खुसी भएका छन् । राष्ट्रिय प्रसारण लाइन जडान हुँदा दिनरातै विद्युत् आउने भएपछि कुटानी पिसनानीका लागि अन्यत्र जानु नपर्ने तथा उद्यमसमेतका लागि निकै उपयोगी भएको स्थानीय रामबहादुर लामाले बताए ।
रु पाँच करोडमा ठेक्का लगाइए पनि हाल शाखा लाइन विस्तारका लागि रु तीन करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस रोशी गाउँ कार्यसमितिका सभापति दुधराज लामा र वडाध्यक्ष लालकुमार पाख्रिनले वडामा बाँकी परिवारलाई केन्द्रीय प्रसारण लाइन विस्तारका लागि निरन्तर काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण