लामो समयदेखि रोकिएको कित्ताकाट खुलेपछि व्यवसायी खुसी, अर्थतन्त्र चलायमान बन्ने अपेक्षा
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास महासंघले कित्ताकाट खोल्ने सरकारको निर्णयको स्वागत गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि रोकिएको कित्ताकाट खोल्दा आर्थिक गतिविधि चलायमान बन्ने जनाएको हो ।
कित्ताकाट पूर्णरुपमा खुलेपछि महासंघले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘भू–उपयोग नियमावलीमा भएको यो संशोधनले कित्ताकाटलाई सहजीकरण गरी घरजग्गा क्षेत्रको कारोबारमार्फत अर्थतन्त्रलाई चलायमान बन्ने अपेक्षा छ ।’ २०७६ सालमा भू–उपयोग ऐन र २०७९ मा भू–उपयोग नियमावली जारी भएपछि सरकारले जग्गा वर्गीकरणका लागि ६ महिनाको समय सीमा तोकेर कित्ताकाट रोकेको थियो ।
सरकारको पछिल्लो कदमबाट रियलस्टेट क्षेत्रलाई राहत मिल्ने महासंघले जनाएको छ । यस्तै, यसबाट घरजग्गाको खरिद बिक्रीमा पारदर्शी व्यवहार भई सुशासनमा समेत अभिवृद्धि हुने महासंघले जनाएको छ । साथै, व्यवसायीले सरकारसँग भूमि बजारको स्थापना, घरजग्गाको व्यवहारिक एवं वैज्ञानिक मूल्यांकन पद्धति लगायतको व्यवस्था गर्न माग गरेका छन् ।
यसबाहेक, प्लानिङ पर्मिट प्राप्त रियल इस्टेट व्यवसायीलाई हदबन्दी छुट दिने व्यवस्था गर्नुपर्ने समेत बताइएको छ । यस्तै, संयुक्त आवास परियोजना भित्रको सामूहिक उपभोगको क्षेत्रलाई विना दस्तुर सम्बन्धित व्यवस्थापन समितिलाई हस्तान्तरण गर्न लगायतका व्यवस्था समेत गर्न महासंघले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण